दुई महिनाभित्र स्थानीय तहमा देखिएको कर्मचारी अभाव हट्छ: मन्त्री पण्डित

फाइल तस्बिर

मोरङ– संघीय सरकारले आउँदो दुई महिनासम्ममा स्थानीय तहमा देखिएको कर्मचारी अभाव हटाउने जनाएको छ।

विराटनगरमा शुक्रबार आयोजित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको दुई दिने कार्यक्रमको उद्घाटन गर्दै संघीय मामिला मन्त्री लालबाबु पण्डितले आउँदो तिहार अघि र त्यसपछि कर्मचारीलाई कार्यक्षेत्रमा पठाइसकिने बताएका हुन्।

विज्ञापन

कार्यक्रममा मन्त्री पण्डितले स्थानीय तहको तोकिएको स्थानमा आउँदो तिहारअघि प्राविधिक र तिहारपछि प्रशासनिक कर्मचारीलाई पठाउने स्पस्ट पारेका थिए।

मन्त्री पण्डितले भने, ‘स्थानीय तहमा देखिएको कर्मचारी अभाव हटाउन सरकारले जोखिम मोल्दै लोकसेवा आयोग खुल्ला गरेको हो।’

कार्यक्रममा मन्त्री पण्डितले स्थानीय तहका जनप्रतिनीधि र कर्मचारीको क्षमता विकास र प्रशिक्षणका लागि हरेक प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने जानकारी दिए।

विभिन्न विदेशी दातृ संस्थाहरु अनुकुलका प्रशिक्षण कार्यक्रमप्रति इंगित गर्दै मन्त्री पण्डितले भने, ‘अब सरकारसँगको समन्वयमा मात्र कर्मचारी प्रशिक्षणका गतिविधी हुनेछ।’

प्रदेश एकका १४ जिल्लाबाट स्थानीयतहका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको कार्यक्रममा जनप्रतिनीधिलाई कानुनी र नीतिगत समन्वय, सेवाप्रवाह तथा स्थानीय तहको अधिकारबारे जानकारी गराइने बताइएको छ।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू