नेइमारलाई जनवरीमा क्लब ल्याउँदैनौँ : बार्सिलोनाका अध्यक्ष

स्पेनिस च्याम्पियन बार्सिलोनाले आउँदो जनवरीमा नेइमारलाई अनुबन्ध नगर्ने जनाइएको छ । बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तोमेउका अनुसार क्लबले नेइमारलाई ल्याउनका लागि जनवरीमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) समक्ष कुनै प्रस्ताव गर्ने छैन ।

यो समरमा नेइमारलाई अनुबन्ध गर्न बार्सिलोनाले गरेको प्रयास असफल भएको छ । नेइमारको चाहनामा बार्सिलोनाले उनलाई क्लबमा पुनः ल्याउन प्रयास गरेको थियो । तर दुई पटकको औपचारिक वार्तामा पनि पिएसजीसँग सहमति जुट्न नसकेपछि नेइमार पिएसजीमै रहेका छन् ।

विज्ञापन

बार्सिलोनको आधिकारिक टेलिभिजन च्यानलमा बार्सिलोनाका अध्यक्षले आउँदो जनवरीमा नेइमारलाई ल्याउने सम्भावना बारे भनेका छन्, ‘नो, राइट नाव, नो’ ।

नेइमार सन् २०१७ मा विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका हुन् । तर उनी त्यहाँबाट पुनः बार्सिलोना फर्किन चाहन्छन् । उनले यसका लागि व्यक्तिगत रुपमा पनि प्रयास गरेका हुन् । तर सफल भएन । अब उनी यो सिजन पिएसजीमै बस्नु पर्ने देखिएको छ ।

भदौ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्