गुगल र एप्पलबिच तनाव

प्रविधि क्षेत्रका दुई ठूला कम्पनी गुगल र एप्पलबिच तनावको अवस्था सिर्जना भएको छ । गएको हप्ता गुगलले ठूलो स्तरमा भएको ह्याकिङ्ग प्रयासबारे थाहा पाएको थियो, जसमा एप्पलका उत्पादन प्रयोगकर्तालाई अधिकांश रुपमा निशाना बनाउने तयारी थियो ।

तर एप्पलले गुगलको आलोचना गर्दै सार्वजनिक गरेको सम्भावित ह्याकिङ्ग सम्बन्धी जानकारीमा प्रश्न गरेको छ । गुगल भने आफ्नो अनुसन्धानको पक्षमा अडिग रहेको छ ।

गुगलले सार्वजनिक गरेको जानकारीले एप्पलका सबै आइफोन प्रयोगकर्ता आक्रमणको जोखिममा रहेको गलत सूचना प्रवाह गरेको शुक्रबार जारी गरेको वक्तव्यमा एप्पलले उल्लेख गरेको छ ।

भदौ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्