प्रियंकाको विवाहसँग जोडिएको छ उनको नयाँ हलिउड चलचित्रको कथा

प्रियंका चोपडा

बलिउडकी अभिनेत्रीबाट विश्वविख्यात कलाकार बनेकी प्रियंका चोपडाले आफ्नो कामले भारतको छवीलाई विश्वमा बदलेकी छन्। प्रियंका विदेशमा बसेर काम मात्र हैन, धेरै व्यक्तिको जीवन पनि बदलिरहेकी छन्।

भर्खरै एक म्यागजिनलाई दिएको अन्तवार्तामा उनले आफूलाई काम प्राप्त भएको बारेमा बताएकी छन्। केही समय अगाडि उनी आफ्नै प्रडक्सनको लागि नयाँ नयाँ आइडिया खोज्दै थिइन्, त्यतिबेला उनले मिडिलाई फोन गरेकी थिइन्, उनीहरु लञ्च गर्न भेट्ने निर्णयमा पुगे।

विज्ञापन

दुई घण्टाको छलफल पछि उनीहरु सँगै काम गर्ने निर्णयमा पुगे। अप्रिल २०१९ मा युनिभर्सल पिक्चर्सले उनको विवाहको बारेमा हाँस्य व्यंग्यात्मक चलचित्र बनाउने आइडिया बनाएको थियो। यो चलचित्रमा मिडीले लेख्ने, उनीसँगै प्रियंकाले लेख्ने र अभिनय गर्नेछिन्।

 

View this post on Instagram

 

#PROUD @mindykaling @DanGoor

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on


प्रियंकाले भनिन्, ‘चलचित्रको कथा मेरो विवाहबाट आयो, जहाँ केही अमेरिकी नागरिकले एक ठूलो समारोह बीच विवाह देखे, त्यहाँको खाना, परिवार, सँस्कृति, कपडा र हाँस्य व्यंग्य जुन विवाहमा हुन्छ, त्यो देखेका छन्।’

यो सँगै प्रियंकाले गर्वका साथ भनिन्, ‘यो चलचित्रको पुरै समूह दक्षिण एशियाका कलाकार हुनेछन्।’

भदौ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्