ह्यारी केनको ह्याट्रिकमा इंग्ल्याण्डको शानदार जित

ह्यारी केनको ह्याट्रिकको सहयोगमा इंग्ल्याण्डले बुल्गेरियालाई पराजित गरेको छ । युरोकप २०२० को छनौट अन्तर्गत समूह ए को खेलमा शनिबार राति भएको खेलमा इंग्ल्याण्डले बुल्गेरियालाई ४–० ले पराजित गरेको हो ।

केनले २४, ४९ र ७३ औँ मिनेटमा गोल गरेका हुन् । ४९ र ७३ औँ मिनेटमा उनले पेनाल्टी मार्फत गोल गरेका हुन् । यस्तै रहिम स्ट्रर्लिङ्गले ५५ औँ मिनेटमा गोल गरेका हुन् ।

सोही समूहको अर्को खेलमा कोसोभोले चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ । अरु खेलमा युक्रेनले लिथुवानियालाई ३–० ले पराजित गरेको छ ।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्