टेलिकमको ल्याण्डलाइन फोन तथा इन्टरनेट सेवा बन्द

हुम्ला – हुम्लाका अधिकांश क्षेत्रका टेलिफोन तथा इन्टरनेट सेवा बन्द भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र एडिएसएल इन्टरनेट सेवामा समस्या आएको हो ।

शनिबार रातिदेखि ल्याण्डलाइन टेलिफोन र एडिएसएल इन्टरनेट सेवा बन्द भएको छ । शुक्रबारदेखि नै एनसेलको मोबाइल सेवामा समस्या आएकोमा शनिबार रातिदेखि नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा बन्द भएको हो । टेलिकमको मोबाइल सेवा भने सुचारु रहेको छ।

विज्ञापन

ल्याण्डलाइन टेलिफोन र इन्टरनेटमा आएको समस्याबारे अनुसन्धान भइरहेको र समस्या समाधानको प्रयास भएको नेपाल टेलिकम हुम्ला कार्यालयले जनाएको छ । टेलिफोन तथा इन्टरनेट सेवा बन्द हुँदा हुम्लाका अधिकांश सेवामा प्रभाव परेको छ ।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू