सुशान्त–श्रद्धाको चलचित्र ‘छिछोरे’को कमाई दुई दिनमा १९ करोड

एजेन्सी–  सुशान्त सिंह राजपूत र श्रद्धा कपूरकाे मुख्य भूमिका रहेकाे चलचित्र ‘छिछोरे’ले भारतीय बक्स अफिसमा दुई दिनमा १९.५७ करोडको व्यापार गरेको छ। चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आएको हो।

पहिलो दिन शुक्रबार ७.३२ करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार १२.२५ को व्यापार गर्दै दुई दिनमा १९.५७ करोड कमाएको बलिउड ब्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

विज्ञापन

छिछोरेको निर्देशन नितेश तिवारीले गरेका हुन्। उनले यसअघि आमिर खानको मुख्य अभिनय रहेको चलचित्र दंगलको निर्देशन गरेका थिए।

दर्शक र चलचित्र विश्लेषकहरुले ‘छिछाेरे’  उत्कृष्ट भएकाे प्रतिक्रिया दिएका छन्।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्