सिभिल बैंकले सुरु गर्‍याे ‘एन्युटी डिपोजिट निक्षेप’ याेजना

मोरङ– सिभिल बैंकले पहिलो पटक सिभिल एन्युटी डिपोजिट निक्षेपको सुरुआत गरेको छ।

विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा विराटनगरस्थित बैंकका शाखा प्रबन्धक राजेश ढकालले नेपालमा पहिलोपटक सो निक्षेपको सुरु गरिएको दाबी गरे।

विज्ञापन

बचत तथा मुद्दती खाताको मिश्रणमा ल्याइएको यस एन्युटी बचत निक्षेपमा खाताको ब्याजदर खाता अवधिभर स्थिर रहने शाखा प्रबन्धक ढाकालले जानकारी दिए।

उनले भने, ‘बचतकर्ताले समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्दै इच्छाइएको रकम सो अवधिपश्चात एकमुष्ठ प्राप्त गर्न सक्नेछन्।’

एक हजार रुपैयाँबाट खाता खोल्न सकिने जानकारी गराउँदै उनले  भने, ‘ग्राहकको इच्छा अनुसार खाता एकभन्दा बढी खोल्न सकिनेछ।’

पत्रकार सम्मेलनका क्रममा यस बचत निक्षेपबाट आवश्यक मासिक रकम बचत गरि योजनाको अन्तमा साँवा ब्याजको एकमुष्ठ रकमको लाभ पाउन सकिने बताइएको छ।

बैंकले आवश्यक परेको समय खाता खोलेको ३ महिनापछि यसलाई बन्द गर्न सकिने प्रावधान रहेको बताउँदै बैंकका शाखा प्रबन्धक ढकालले मौज्दात रकमको ६० प्रतिशत सम्म ऋण लिन सकिने जानकारी दिए।

सिभिल बैँकले हालसम्म मुलुकभर ९६ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्