साम्बाको चार गोल, नेपालसँग घरेलु टोली कीर्गिस्तान ८-२ गोलले पराजित

काठमाडौं : कीर्गिस्तानमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नादेज्दा कपमा नेपालले शानदार सुरुवात गरेको छ। नेपालले पहिलो खेलमा आइतबार घरेलु टोली कीर्गिस्तानलाई ८-२ गोलले हरायो।

नेपालको जितमा सावित्रा भन्डारी ‘साम्बा’ले चार गोल गरिन्। खेलको तेस्रो मिनेटमै सावित्राले नेपाललाई अग्रता दिलाएकी थिइन्। ३० ‍औँ मिनेटमा उनको ह्याट्रिक पुरा भएको थियो। नेपालको अन्य गोलमा अनिता बस्नेतले दुई तथा दीपा राई र निरु थापाले एक एक गोल गरे।

नेपालले दोस्रो खेलमा सोमबार उज्वेकिस्तानसँग खेल्ने छ। प्रतियोगितामा ताजिकिस्तान पनि रहेको छ। चार टोली सहभागी प्रतियोगितामा पहिलो चरण राउन्ड रोबिन समाप्तीमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। नेपाल १३ औँ दक्षिण एसियाली खेलकुद-सागको तयारीमा रहेको छ।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्