बालकलाई दुर्व्यवहार गरेकाे आराेपमा एक जना पक्राउ

सांकेतिक तस्बिर

मोरङ– मोरङको रतुवामाई नगरपालिकामा बालकलाई अप्राकृतिक मैथुन गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शनिबार राति करिब साढे एघार बजे नगरपालिका गडिझारका ४० वर्षिय डिल्लीबहादुर मगरलाई १४ वर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले नियन्त्रणमा लिएको हो।

विज्ञापन

पक्राउ परेका मगरलाई मुलुकी अपराधसंहिता २०७४ को अप्राकृतिक मैथुन अन्तर्गत अनुसन्धान तथा कारबाही अघि बढाइएको मोरङ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू