विराटनगरमा मनाइयो अन्तर्राष्ट्रिय फिजियोथेरापी दिवस

मोरङ– अन्तर्राष्ट्रिय फिजियोथेरापी दिवस विराटनगरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।

सोही क्रममा नेपाल फिजियोथेरापी संघ इस्टर्न च्याप्टरले महानगरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। शिविरमा महानगरसँगै आसपासका क्षेत्रबाट ५७ जना बिरामीले सेवा लिएको फिजियोथेरापिष्ट डा. भारती देवले जानकारी दिइन्।

विज्ञापन

शिविरमा १५ जना महिला, ५ जना बालक र ३७ जना पुरुषले फिजियोथेरापीको सेवा लिएको बताउँदै डा. देवले अधिकांशमा घुडाको समस्या रहेको बताइन्।

त्यसैगरि, शिविरमा कम्मर दुख्ने, पक्षघात, मस्तिष्क पक्षघातका बिरामीले सेवा लिएको आयोजक संघले जनाएको छ।

निःशुल्क सेवामा बिरामीलाई निरन्तर १० देखि १५ दिनसम्म फिजियो गर्नुपर्ने सल्लाह दिएको फिजियोथेरापिष्ट डा. अनुराग अधिकारी बताए।

सोही क्रममा टोलीले विराटनगरकै आदर्श स्कूलस्थित मस्तिष्क पक्षघात भएका १५ जना बालबालिकाहरुलाई फिजियो सेवा उपलब्ध गराएकाे थियाे।

सोही क्रममा उनीहरुले फिजियोको विषयमा सचेतनाको कार्यक्रम पनि गरेका थिए। विराटनगरमा चौथोपटक फिजियोथेरापी दिवस मनाइएको संघले जनाएको छ।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्