सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

सांकेतिक तस्बिर

वीरगञ्ज– सवारी ज्यान मुद्दामा फरार रहँदै आएका प्रतिवादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीले बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनी टोल बस्ने ४६ वर्षीय भरत श्रेष्ठलाई पक्राउ गरेको हो।

विज्ञापन

पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत बाराले २०६२ साल असार २१ गतेको सवारी ज्यान मुद्दामा एक महिना कैदको फैसला गरेकोमा फरार रहँदै आएका थिए।

उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाईएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू