जयशंकरभन्दा वाङ यीलाई बढी महत्व!

तस्बिरहरु: सुलभ श्रेष्ठ

काठमाडौँ- नेपालले दुई समान हैसियतका यात्रामा चीनलाई भारतको तुलनामा बढी महत्त्व दिएको छ।

आइतबार काठमाडौँ आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादव पुगेका थिए।

विज्ञापन

दुई साताअघि नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशकरलाई भने विमानस्थलमा परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए।

तीनदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग दुईपक्षीय वार्ता गर्नुका साथै राष्ट्रपति सी जिङ पिङको अक्टोबरमा १५ मा हुने नेपाल भ्रमणको तयारीसमेत गर्ने बताइएको छ।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्