१ सय ५० क्वीन्टल अवैध सुपारीसहितकाे ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याइएको १ सय ५० क्वीन्टल सुपारीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

प्रहरीले अवैध सुपारीसहित लु २ ख ३७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

विज्ञापन

ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका वडा नं.९ बाट उक्त परिमाणको भन्सार छलेर ल्याइएको अवैध सुपारी नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गमा सवारी साधन चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको सुपारीको बजार मुल्य ३१ लाख ३५ हजार ७ सय ५० रुपैयाँ पर्ने बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

नियन्त्रणमा लिइएको ट्रक आवश्यकको अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू