मध्यरातमा झापाको गौरादहमा बम बिस्फोट

फाइल तस्बिर

झापा – झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम बिस्फोट भएको छ । आइतबार मध्यरातमा गाडीमा बम बिस्फोट भएको हो ।

राति साढे १२ बजेतिर गाडीलाई लक्षित गरी बम प्रहार हुँदा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । बम बिस्फोटनबाट मानवीय क्षति वा चोटपटक भने लागेको छैन ।

बिस्फोटको जिम्मा कसैले पनि लिएका छैनन् । तर यस किसिमका घटनामा विगतमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराउने गरेकाले यसमा पनि सोही समूहको संलग्नता रहेको प्रहरीको अनुमान छ । हाल घटनास्थल र आसपासको सुरक्षा अवस्था कडा पारिएको छ ।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्