चालक निदाएपछि ट्रकमा ठोक्कियो मिनी ट्रक, दुईजना घाइते

दाङ – दाङमा सवारी दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–३ मजगाँउमा पूर्वबाट पश्चिमका लागि छुटेको ना २ ख ९९२८ नम्बरको ट्रकको पछाडि पट्टी भे १ क १३९३ नम्बरको मिनी ट्रक आइतबार राति ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मिनी ट्रकका चालक र सह–चालक घाइते भएका छन् । मिनी ट्रकका चालक निदाएपछि ट्रकको पछाडि ठोक्किन गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विज्ञापन

घाइते भएका बबई नगरपालिका भुरिगाउँ बर्दिया निवासी ३० वर्षे रामबहादुर थारु र १३ वर्षे कृष्ण थारु गम्भीर घाइते भएका हुन् । उनीहरुको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बाँके पठाइएको छ ।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्