स्कुटर दुर्घटनामा हिसिला यमी घाइते, बाबुरामले शेयर गरे नाच्दै गरेको तस्बिर

काठमाडौँ – ललितपुरको ग्वार्कोमा आइतबार भएको स्कुटर दुर्घटनामा समाजवादी पार्टीकी नेतृ हिसिला यमी घाइते भएकी छन् । पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी हुन जाँदै गर्दा उनी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

यमीको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।  ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पत्नी हिसिलाको स्वास्थ्यलाभको कामना गर्दै फेसबुकमा दुवैजना नाच्दै गरेको तस्बिर शेयर गरेका छन् ।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्