चिनियाँ विदेशमन्त्री याङ यी चन्द्रागिरीमा

तस्बिरहरु: सुलभ श्रेष्ठ

काठमाडौँ – नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री याङ यी सोमबार बिहान चन्द्रागिरी गएका छन् । चिनियाँ प्रतिनिधि मण्डल र परराष्ट्र मन्त्रालयका केही अधिकारीसहित चिनियाँ मन्त्री वाङ केबलकार चढेर चन्द्रागिरी गएका हुन् ।

उनले त्यहाँबाट काठमाडौँ उपत्यका नियाल्ने छन् । चन्द्रागिरी जानुको उद्देश्य मात्रै घुम्नु रहेको चन्द्रागिरी हिल्सका सञ्चालक चन्द्र ढकालले जानकारी दिएका छन् ।

विज्ञापन

याङ यीले त्यहाँबाट फर्किएपछि राजनीतिक तथा कूटनीतिक भेटवार्ता थाल्ने छन् । उनले सोमबार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्दैछन् । त्यसपछि राष्ट्रपति, प्रधानमन्त्रीसहितसँग भेट हुने कार्यक्रम छ ।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू