सर्पले डस्दा सप्तरीमा एकजनाको मृत्यु

सांकेतिक तस्बिर

सप्तरी – सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा सोमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेको प्रहरीले जनाएको छ ।

घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो ।

विज्ञापन

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू