अर्काे वर्षको तिहारमा अक्षयसँग कंगनाको भिडन्त, ‘पृथ्वीराज’ भर्सेस ‘धाकड’ मा

बलिउडमा सन् २०२० लाई चलचित्र प्रदर्शनको हिसाबले प्रतिक्षित वर्ष मानिएको छ। सन् २०२० को तिहारमा  ऐतिहासिक युद्धको कथामा बनेकाे अक्षय कुमारको ‘पृथ्वीराज’ ले कंगनाको एक्सन चलचित्र धाकडसँग प्रतिस्पर्धा गर्दैछ।

अक्षय कुमारले आफ्नो ५२ औँ जन्मदिनमा भारतका प्रतिष्ठित राजा ‘पृथ्वीराज चौहान’ को कथा पर्दामा आउने घोषणा गरेका थिए। अक्षयले आफू यो चलचित्रको हिस्सा बन्न पाउँदा एकदमै खुशी लागेको बताएका छन्।

विज्ञापन

यो मिति बलिउडकी क्वीन कंगना रनाैत अभिनित चलचित्र ‘धाकड’ पनि प्रदर्शन हुँदैन। यो चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भइसकेको छ। यो चलचित्रमा कंगनालाई एकदमै आकर्षक देखिएको छ। उनको फाइटर अवतारलाई फस्ट लुक र टिजरमा एकदमै रुचाइएको छ।

यस्तै सन् २०२० मा रणवीर कपूर र सलमान खानको चलचित्र पनि आउँदैछन्।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्