ट्विटरमा मोदीको लोकप्रियता भारतमा नम्बर एक तथा विश्वमा  २०औँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता ट्विटरमा बढ्दै गइरहेको छ। यस माइक्रोब्लगिङ साइटमा मोदीलाई ‘फलो’ गर्नेको संख्या पाँच करोड नाघेको छ।  यसका साथै मोदी  विश्वमा सबैभन्दा बढी फलोअर्स भएको टप-२० लिस्टभित्र पनि परेका छन्। टप -२०  भित्र पर्ने उनी पहिलो भारतीय हुन्।

अन्य कुनै पनि भारतीय उनको छेउछाउसम्म पनि पुगेका छैनन्। राजनेताहरुमा अब पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पमात्रै उनीभन्दा अगाडि छन्। बाराक ओबामा भने यस सूचीको नम्बर १  मा छन्।

ट्विटर एकाउन्टमा उनको फलोवर्स संख्या १० करोड ८३ लाख ६०  हजार भन्दा बढी छ, साथै उनले ६ लाख १२ हजारभन्दा बढीलाई ‘फलो’ पनि गर्छन्।

यसैगरी वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने बाह्रौं स्थानमा छन्। ट्विटर एकाउन्टमा उनको ‘बायो’ मा ४५ औँ अमेरिकी राष्ट्रपति लेखिएको र उनका फलोवर्स संख्या ६ करोड ४० लाख ९६ हजारभन्दा बढी छ।  उनले जम्मा ४७  जनालाई ‘फलो’ गरेका छन्।

टप -२० भित्र यी तीनजना राजनीतिज्ञबाहेक अधिकांश गायक, सिनेकर्मी र खेलाडी छन्। प्रसिद्ध गायक जस्टिन बिबर तेस्रो नम्बरमा, रिहाना चौथो नम्बरमा, फुटबलर क्रिस्टियानो रोनाल्डो चौथो नम्बरमा, लेडी गागा सातौं नम्बरमा, किम कार्दसिन १३ औं नम्बरमा, सेलिना गोमेज १४  औं नम्बरमा, ब्रिट्नी स्पेयर्स १६ औँ नम्बरमा र साकिरा अठारौं नम्बरमा छन्।

प्रसिद्ध साइट यूट्युब भने ७ करोडभन्दा बढी ‘फलोअर्स’ का साथ  ९ औं नम्बरमा र स्वयं ट्विटर भने साढे ५  करोड भन्दा बढी ‘फलोअर्स’ संख़्याले  १५ औं नम्बरमा र समाचार एजेन्सी  सीएनऐन ब्रेकिङ न्यूज ५ करोडभन्दा बढी ‘फलोअर्स’ संख्याले १७ औं नम्बरमा छ।

नेपालका ट्वीटर प्रयोगकर्ताहरुमा डाक्टर बाबुराम भट्टराई, गगन थापा ,रविन्द्र मिश्र, विजयकुमार पाण्डे, नारायण वाग्ले, सुधीर शर्माका ‘फलोवर’  सर्वाधिक संख्यामा  छन्।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्