वीपी स्थास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सुल्झाउन सरकार गभ्मीर-स्वास्थ्यमन्त्री

मोरङ-उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सुनसरीको धरानस्थित वीपी स्थास्थ्य विज्ञान प्रतिष्ठानको समस्या निराकरणका लागि सरकार गभ्मीर भएको बताएका छन्।

प्रतिष्ठानको २६औं वार्षिकोत्सव तथा १०५औं वीपी जयन्तीका अवसरमा धरानमा आयोजित कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने प्रतिष्ठानका समस्या समाधानका लागि आफू कार्यमा जुटिसकेको बताए।

विज्ञापन

सो क्रममा मन्त्री यादवले प्रतिष्ठानभित्र विगतमा देखिएका समस्याहरुलाई चिर्दै कार्यरत कर्मचारीलाई जनताको स्वास्थ्य सेवामा दत्तचित्त भएर लागि पर्न सुझाव दिए।

आम नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने व्यवस्था नयाँ नीतिमा समेटिएको जनाउदै मन्त्री यादवले त्यसलाई नागरिकले प्राप्त गर्ने गरी सरकारले काम गरिरहेकोमा जोड दिए।

कार्यक्रममा प्रदेश एक प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले स्वास्थ्य सेवा जनताले सहज र सुलभ रुपमा पाउनुपर्ने बताए।

कार्यक्रममा प्रदेश एक प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारी, प्रतिष्ठानका निर्देशक प्रा.डा गौरी शंकर साह, प्रा.डा. रामानन्द लक्ष्मीनारायण लगायतको उपस्थिति रहेको थियो।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्