बागमती गंगा आरतीमा राष्ट्रगान नगाइनेे, दबाब दिए बन्द गर्ने चेतावनी

विगत ११ वर्षदेखि अविच्छिन्न रुपमा पशुपतिनाथ क्षेत्रको बागमती आर्यघाटमा सञ्चालन हुँदै आएको गंगा आरतीमा राष्ट्रगान बजाउन दबाब दिएपछि यसलाई बन्द गर्नेबारे छलफल सुरु भएको छ।

गंगा आरती सेवा सञ्चालक समितिको सोमबार बसेको आकस्मिक बैठकले प्रत्येक साँझ हुँदै आएको उक्त आरतीमा राष्ट्रगान गाउन सरकारले दिएको आदेशको अवज्ञा गर्ने निर्णय गरेको छ।

विज्ञापन

संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले गंगा आरतीको प्रारम्भ राष्ट्रगानबाट गर्नुपर्ने आदेश जारी गरेपछि आर्यघाटमा हरेक दिन पार्थिव शरीरको अन्तेष्टि हुने र शोकाकुल आफन्तहरु असहज परिस्थितिमा पर्ने हुँदा त्यो आदेश फिर्ता लिन गरेको आग्रह मन्त्री भट्टराईले अस्वीकार गरेपछि अवज्ञा गर्न बाध्य भएको समितिले देशसञ्चारलाई जानकारी गरायो।

यद्यपि सरकारले राष्ट्रगान गाउन दबाब दिइरहे आरती नै बन्द गर्ने चेतावनी पनि समितिले दिएको छ।

समितिका अध्यक्ष जनार्दन अधिकारीको सभापतित्वमा सम्पन्न बैठकले सरकार सनातनी हिन्दु धर्म र संस्कृतिको विरोधी भएको आरोप लगाएको छ।

(*यसअघि प्रकाशित समाचारमा नयाँ सूचना आएकाले सुधार गरिएको छ।)

यो पनि पढ्नुहोस्

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू