जेनेरेटर चलाएर टेलिफोन र इन्टरनेट सेवा सुचारु

सिमकोट– तीन दिन देखि अबरुद्ध रहेको हुम्ला जिल्लाको इन्टरनेट तथा टेलिफोन सेवा जेनेरेटर सञ्चालन गरेर सुचारु भएको छ । हिल्दुम विद्युत वितरण केन्द्रको सेवा अबरुद्ध हुँदा आवश्यक पावर नपुगेर बन्द रहेको सञ्चार सेवा जेनेरेटर संचालन गरिए पछि सुचारु भएको हो ।

पावरको कारण बन्द रहेको नेपाल टेलिकमका सबै सेवाहरु नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जको अनुमति लिएर जेनेरेटर सञ्चालन गरेर सुचारु भएको टेलिकम हुम्लाका निमित्त प्रमुख राम बहादुर बोहराले बताए ।

विज्ञापन

टेलिकमको सेवा बन्द हुँदा हुम्लामा रहेका वल्र्ड लिंक र एनसेलको सेवा पनि प्रभावित बनेको थियो । मर्मतका लागि हिल्दु विद्युत आयोजना २० दिनका लागि बन्द गरिएको छ । टेलिकमको कार्यालयमा लाखौं मूल्यका सोलार प्यानल भएपनि ती मर्मत संभार नभएको कारण जिर्ण अवस्थामा छन् ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्