सुनको मूल्य तोलामा सात सय घट्यो

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ । सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विज्ञापन

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्