पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

मंगलबार दिउँसाे १२ बजेपछि लागु हुने गरी मट्टीतेल डिजल र पेट्रोलमा प्रति लिटर दुई–दुई रुपैयाँ घटाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए ।

विज्ञापन

अब पेट्रोलको प्रतिलिटर १०७ र डिजल–मट्टीतेलको प्रतिलिटर ९५ खुद्रा मूल्य कायम भएको छ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्