लक्ष्मी बैंकको ११२ औँ शाखा ललितपुरको चापागाउँमा

काठमाडौँ – लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा आफ्नो ११२ औँ शाखा ललितपुरको चापागाउँमा सञ्चालनमा ल्याएकोे छ ।

यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तिय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा, लकर सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तिय पहुँच पुर्‍याउने लक्ष्य राखेको जनाइएको छ ।

विज्ञापन

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११२ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जनाइएको छ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्