प्रभु बैंकको १९५ औँ शाखा सुनसरीको कालाबञ्जरमा

काठमाडौँ – प्रभु बैंक लिमिटेडले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ५ स्थित कालाबञ्जरमा आफ्नाे १९५ औँ शाखा सञ्चालन गरेको छ ।

बैंकको कालाबञ्जर शाखा कार्यालयको समुद्घाटन बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले सोमबार गरेका हुन् । प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल बिस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा बिस्तार गरी प्रशंसनीय कार्य गरेको उनले बताए ।

विज्ञापन

बैंकको कालाबञ्जर शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कालाबञ्जर शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्