डिशहोमले ल्यायो शुल्कमा छुटसहितको विशेष योजना

नेपालको डिटिएच सेवा प्रदायक डिशहोमले ग्राहकहरुको सेवाका लागि डिशहोम फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारि छुटसहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ ।

अनलाईन मार्फत सजिलै ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाका लागि रिचार्ज गर्न सकिने जनाइएको छ । फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरुलाई महिनै पिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटवाट मुक्ति मिल्ने जनाइएको छ ।

विज्ञापन

यसरी वार्षिक रिचार्ज गर्दा छुट पनि प्राप्त हुने डिशहोमले जनाएको छ । साथमा फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिनोको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाका लागि आफूलाई मन परेको कुनै एक एड अन प्याकेज लिन सकिने व्यवस्था रहेको जनाइएको छ । बार्षिक रिचार्ज गर्दा पहिले ४२०० रुपैयाँ पर्ने बेसिक प्याकेज अब ३६०० रुपैयाँमै आउने भएको छ ।

यस्तै मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिक प्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, प्रिमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४०० मै उपलब्ध हुनेछ ।

फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपालभर रहेका आधिकारिक बिक्रेता, डिलर र सबडिलरकोमा उपलब्ध रहेको जनाइएको छ ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्