ओलीले पनि दिए मोदीलाई धन्यवाद

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित अन्तरदेशीय मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना आवद्ध नेपाली टीमलाई बधाई ज्ञापन गरेका छन् ।

उनले भारतका प्रधानमन्त्रीसँगै संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाईपलाईनको उद्घाटन गर्न पाउँदा खुशी लागेको पनि बताएका छन् ।

विज्ञापन

‘तोकिएको समय भन्दा पहिले नै यो परियोजना सम्पन्न भएकोमा मेरा मित्र श्री मोदी जी र भारत सरकारप्रति धन्यवाद’, ओलीले ट्विटमा भनेका छन् ‘यस परियोजनामा आवद्ध नेपाली टीमलाई बधाई ।’

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्