बाराका हुरी प्रभावितलाई डेंगीबाट जोगाउन झुल वितरण

वीरगञ्ज – बाराका हुरी प्रभावितहरुलाई डेंगीको संक्रमणबाट बचाउनका लागि झुल वितरण गरिएको छ । बारा र पर्सा लगायत देशका अधिकांश ठाउँमा डेंगीको संक्रमण फैलिरहेका बेला हुरी प्रभावितहरुलाई झुल वितरण गरिएको हो ।

उनीहरु डेंगीको उच्च जोखिम रहेको भन्दै आइतबार बेलुका बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ४ हरदिया टोलका हुरी प्रभावितलाई झुल वितरण गरिएको हो । हरदिया टोलका दलित बस्तीका ५० जना हुरी प्रभावितहरुलाई एकथानका दरले झुल वितरण गरिएको हो ।

विज्ञापन

नेपाल वायु सेवा निगममा कार्यरत विमान परिचारिका- परिचारकहरुको समूहले झुल वितरण गरेको हो । यस्तै हरेक परिवारका महिलाहरुलाई एक एकवटा सारी पनि वितरण गरिएको छ ।

देशमा बढदै गएको डेंगुको प्रकोपबाट बच्नका लागि हुरी प्रभावितलाई झुल वितरण गरेको वायु सेवा निगम विमान परिचारिका समूहकी सदस्य प्रिया श्रेष्ठले जानकारी दिइन् ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू