मोटरसाईकल चोरी गर्ने तीन पक्राउ

धनगढी-कैलालीको धनगढीमा मोटरसाईकल चोरी गरी भाग्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उप महानगरपालिका–१ बस्ने त्रेस रसाईलीले घर आगनमा राखेको से ३ प ७९७२ नम्बरको पल्सर मोटरसाईकल चोरी गरेर भाग्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

विज्ञापन

पक्राउ पर्नेमा धनगढी– ९ का २० बर्षे उमेश धामी, सोही ठाउँका १९ बर्षे बिशेष योगी र कञ्चनपुर बेलौरी नगरपालिका-२ का २० वर्षे केशव रानालाई रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरु विरुद्ध चोरी मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू