प्रहरीको नाटक गर्दै युवती अपहरण गर्ने पक्राउ

सांकेतिक तस्बिर

धनगढी-आफू प्रहरी भएको भन्दै मध्यरातमा युवतीको अपहरण गरेको आरोपमा धनगढीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

युवतीको अपहरण गरेको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्वर-१६ का २९ वर्षीय लोकेन्द्र खडायत, सोही ठाउँका २१ वर्षीय अनिल राना र २२ बर्षीय सन्दिप रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

विज्ञापन

यही भदौ २१ गते राति १२ बजे धनगढीको जाखोर ताल नजिकै बस्‍ने १६ वर्षीय युवतीलाई उनीहरुले आफूहरु प्रहरी भएको भन्दै घरबाट पक्राउको शैलीमा लगेको प्रहरीको भनाइ छ।

एउटा घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लैजानुपर्ने भन्दै तीनै जनाले युवतीलाई अपहरण गरेका बुझिएको छ।

गएराति प्रहरीले उनीहरुलाई धनगढीकै वडा नम्वर १६ बाट पक्राउ गरी युवतीको उद्धार गरेको हो। १६ वर्षीय युवतीको स्वास्थ्य परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीन जनाविरुद्ध भने अपहरण, शरीर बन्दक र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू