प्रधानसेनापति थापाको सम्पति कति ?

पूर्णचन्द्र थापा।

काठमाडौं :  प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानसेनापति भएको ठिक एक वर्षपछि उनले आफु, श्रीमती र छोरीको नाममा रहेका चल अचल सम्पती सार्वजनिक गरेका हुन्।

थापाले काठमाडौं, लमजुङ , नवलपरासीमा रहेका जग्गासहित चल सम्पतीका रुपमा रहेका  सुन, चाँदी र हिराका विवरण खुलाएका छन्। यसैगरि बैंकमा रहेको बचत र लिएको रिन तथा विभिन्न कम्पनीमा रहेको सेयर पनि सार्वजनिक गरेका छन्।

विज्ञापन

थापासँग ५५ तोला सुन, ५९० तोला चाँदी र करिब १० लाख रुपैयाँमा खरिद गरेको हिराको हार र औंठी रहेको विवरण सार्वजनिक गरेका छन् ।

आफूले स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गरेको उल्लेख गर्दै नेपाली सेनाका उच्च अधिकारीलाई स्वेच्छिक रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरे । सरकारी कर्मचारीले प्रत्येक आर्थिक वर्षको तीन महिना भित्र सम्पती विवरण बुझाउनु पर्ने प्रावधान छ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्