चाइनिज ताइपेईविरुद्ध नेपालको सुरुवाती-११ यस्तो छ

काठमाडौं : विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले केहीबेरमा चाइनिज ताइपेईसँग खेल्दै छ। चाइनिज ताइपेईको मैदानमा हुने यो खेलका लागि नेपालको सुरुवाती-११ घोषणा गरिएको छ।

गोलरक्षकमा किरण चेम्जोङ, रक्षकतर्फ दिनेश राजबंशी, अनन्त तामाङ, सोमेन्द्र तामाङ र रजिन धिमाल छन्। मिडफिल्ड सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट, विशाल राई र रवि पासवानले सम्हाल्ने छन्। विमल घर्तिमगर अग्रपंक्तिमा रहने छन्। पहिलो खेलमा नेपाल कुवेतसँग ७-० गोलले पराजित भएको थियो।

विज्ञापन

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्