३८ वर्षको उमेरमा बीसौँपटक आमा!

लंकाबाई।

काठमाडौँ- भारतको महाराष्ट्र राज्यको  बीड जिल्लाकी एक महिला बीसौंपटक आमा बन्दैछिन्। हाल उनको गर्भ सात महिनाको छ । डाक्टरहरुले पनि यो केसलाई अचम्मको रुपमा हेरिरहेका छन् ।

केसापुरी इलाकाकी लंकाबाई खराट गोपाल समुदायसँग सम्बन्धित महिला हुन्।  स्थानीय अधिकारी पनि लंकाबाईलाई हेर्न अस्पताल पुगेका थिए।

विज्ञापन

अस्पतालका सर्जन डा. अशोक थोराटका अनुसार अहिले उनका ११ बच्चा छन्। ३८ वर्षको उमेरमा उनी २० औं पटक आमा बन्दैछिन्।

एकजना  डाक्टरका अनुसार अहिले उनलाई सरकारी अस्पताल ल्याइएको छ। सबै जरुरी जाँच गर्दा उनको बच्चा स्वस्थ भएको पाइएको छ। उनलाई केही औषधि तथा संक्रमणबाट जोगिनका लागि सरसफाईका बारेमा पनि बताइएको छ।

रमाइलो कुरो त के छ भने अहिलेको बीसौं गर्भमा उनी पहिलो पटक अस्पतालमा बच्चा जन्माउँदैछिन्। यसभन्दा अघिका सबै बच्चा उनले घरमा नै जन्माएकी हुन्। उनी खासगरी घुमंते समुदायकी महिला हुन् । यो समुदायका मानिस सानो तिनो ज्याला मजदुरी तथा भीख मागेर जीवन गुजारा गर्छन्।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्