चाइनिज ताइपेईविरुद्ध नेपाललाई सुरुवातमै अग्रता, तेस्राे मिनेटमा गोल

काठमाडौं : विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल अहिले चाइनिज ताइपेईसँग खेलिरहेको छ। नेपालले भर्खरै मात्र सुरु भएको खेलमा अग्रता लिएको छ। तेस्राे मिनेटमै नेपालले गोल गरेको हो। नेपालका लाग अञ्जन बिष्टले गाेल गरे।

नेपाली टोलीको सुरुवाती -११ मा   गोलरक्षकमा किरण चेम्जोङ, रक्षकतर्फ दिनेश राजबंशी, अनन्त तामाङ, सोमेन्द्र तामाङ र रजिन धिमाल छन्। मिडफिल्ड सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट, विशाल राई र रवि पासवानले सम्हाल्ने छन्। विमल घर्तिमगर अग्रपंक्तिमा रहने छन्।

पहिलो खेलमा नेपाल कुवेतसँग ७-० गोलले पराजित भएको थियो।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्