पाँच महिनापछि उर्मिलाले कांग्रेस छाडिन्

एजेन्सी- भारतीय अभिनेत्री उर्मिला मातोँडकरले पाँच महिनापछि नै कांग्रेसबाट राजीनामा दिएकी छिन्।

उनले मंगलबार भनेकी छिन्, ‘मेरो राजनीतिक था सामाजिक बुझाइ धेरै ठूलो लक्ष्य हासिल गर्नु हो। तर मुम्बई कांग्रेसको चरम गुटबन्दीका कारण यस्तो कुनै पनि चीज गर्न पाइरहेको छैन।’

विज्ञापन

उर्मिला सन् २०१९को लोकसभा चुनावअघि कांग्रेसमा प्रवेश गरेकी थिइन् । उनले उत्तर मुम्बइ सीटमा चुनाव लडेकी थिइन्। तर भाजपाका प्रत्याशी गोपाल शेट्टीसँग हार बेहोरेकी थिइन्।

उनले राजीनामा पत्रमा लेखेकी छिन्, ‘ पहिलो पटक मनमा राजीनामा दिने विचार त्यतिबेला आयो जतिबेला १६ मेमा लेखिएको मेरो पत्रमा तत्कालिन मुम्बइ कांग्रेस अध्‍यक्ष मिलिन्द देवडाले कुनै सुनुवाइ नै गरेनन्। त्‍यसपछि यो गोपनीयतालाइ धेरै सजिलो तरिकाले मिडियामा सार्वजनकि गरिदिए। यो मसँग छल थियो।’

तर, लोकसभा चुनावको नतिजाअघि उर्मिलाले पत्रमा आफ्नो हारको लागि स्थानीय नेतामाथि आरोप लगाएकी थिइन्। हारका लागि कमजोर रणनीति, कार्यकर्ताको गलत निर्णयलाई जिम्‍मेवारी देखाएकी थिइन्।

यस्तै केही दिन जम्म‍ु कश्मिरबाट धारा ३७० हटाए बापत उनले केन्द्र सरकारमाथि आरोप लगाएकी थिइन्। उनले भनेकी थिइन्, ‘जम्‍मु काश्मिरमा इन्टरनेट र फोन सेवा बन्द गर्नु सरकारको सरासर गलत कदम हो।’ उर्मिलाको विवाह होहसिन अख्तर मीरसँग भएको थियो। उनी काश्मीरका हुन्।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्