यस्ता हुनेछन् भविष्यका फल, सब्जी तथा खानेकुरा

संसारमा गरिबी र भोकमरी व्याप्त छ। मानिस खान नपाएर भोक भोकै मरिरहेका छन्। तिव्र शहरीकरणका कारण खेती गर्ने जमिनको अभाव छ।  यस्तो अवस्थामा वैज्ञानिकले शरीरका लागि आवश्यक पर्ने भिटामिन तथा मिनरलको मात्रा अत्यधिक रहेको फल, सब्जी तथा खानेकुरा उत्पादनको तयारी गरिरहेका छन्। यस्ता छन् पाँच रोचक फलफूल, सब्जी र खानेकुरा

भिटामिन ‘ए’ दुईगुना भएको केरा


अस्ट्रेलियाको क्विन्स ल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वैज्ञानिकले यस्तो केराको विकास गरेका छन् जसमा सामान्य केरामा भन्दा दुईगुना भिटामिन ए पाइन्छ।

विज्ञापन

सामान्यतया यस्तो केरा पपुवा न्यूगीनिमा पाइन्छ। यो केराको जीनको उपयोग गरेर वैज्ञानिकले यस प्रकारको केरा बनाउन लागेका हुन्। यसको लागि गेट्स फाउंडेशनले लगानी गरिरहेको छ।

संसारमा प्रत्येक वर्ष ७ लाख भन्दा धेरै केटाकटीको मृत्यु भिटामिन ए को कमीका कारण हुने गर्छ। यो केरा २०२५ सम्म आउने अनुमान गरिएको छ।

खुर्सानी जस्तो पिरो टमाटर


यो टमाटर हरियो खुर्सानी जस्तो पिरोस्वादको हुनेछ। टमाटरमा क्याप्साइसिनाइड्स हुन्छ जुन तत्वले खुर्सानीलाई पिरो बनाउँछ।

वैज्ञानिकले जीन एडिटिंगको मद्दतले यो तत्वलाई टमाटरमा सक्रिय बनाउँदैछन्।

ब्राजिलको फेडेरल युनिभर्सिटी अफ विकोसाका शोधकर्ता अगस्टिन सोगोन भन्छन, ‘क्याप्साइसिनाइड्स तौल घटाउनमा पनि सहयोगी हुनेछ। टमाटर खुर्सानीको दाँजोमा ठूलो परिमाणमा उत्पादन गर्न सकिन्छ।

२०१९ को अन्तिमसम्म यो टमाटरको उत्पादन हुनेछ।ब्राजिल तथा आयरल्याण्डले यसमा काम गरिरहेका छन्।

ल्याबमा उत्पादन हुनेछ सीफुड


अमेरिकी कम्पनी ब्लनालु तथा फिनलेस फुड्स कोशिकामा आधारित सीफूडमा काम गरिरहेका छन्। कम्पनीले कुनै विशेष माछा वा अरु कुनै जलीय जीवको कोशिकाबाट ल्याबमा सीफुड उत्पादन गर्नेछ।

यो सीफुडमा टाउको, खुट्टा तथा हड्डी जस्ता चिज हुने छैन। यो एउटा प्लास्टिकको शीट जस्तै हुनेछ। यो कहिले बजारमा आउँछ भन्‍ने बारेमा कम्पनीले केही बताएको छैन।

कालो नहुने स्याउ


स्याउको सबैभन्दा ठूलो समस्या भनेको काटेर तुरुन्तै नखाने हो भने त्यो कालो भएर खान नहुने हुन्छ। क्यानडाको कम्पनी ओकानागनले काटेर राख्दा पनि नबिग्रने यस्तो स्याउको विकास गरेको छ। जुन अहिले अमेरिकामा उपलब्ध छ । युरोपमा यसको अनुमतिका लागि वार्ता भैरहेको छ। एक –दुई वर्षमा यो युरोप तथा अन्य बजारमा उपलब्ध हुनेछ।

ल्याबमा तयार हुँदैछ मासु


संसारका कतिपय कम्पनी अहिले ल्याबमा मासु बनाउन लागि परेका छन् । बेलायतका एडम स्मिथ इंस्टीट्यूटका शोधकर्ता डा. मैडसन पाइरी भन्छन, यसले कृषिमा हुने ग्रीन हाउस ग्यास उत्सर्जन ७८ देखि ९६ प्रतिशतले कम हुनेछ।

भारतमा पनि आईआईटी गुवाहाटीमा ल्याबमा मासु तयार पारिएको छ । हैदराबाद स्थित सेंटर फर सेल्युलर एण्ड मोलिक्यूलर बायोलोजी तथा नेशनल रिसर्च सेंटर अन मीटले पनि ल्याबमा मासु उत्पादन गरिरहेको छ।

२०१३ मा नेदरल्याण्डको मैसट्रिच्ट युनिभर्सिटीले पहिलो पटक ल्याबमा बर्गर बनाएको थियो । यस वर्ष सम्ममा विदेशमा यसको मूल्य एकदमै कम हुन्छ ।

 स्मार्ट फुड


शरीरका लागि कस्तो र कति भोजनको जरुरत पर्छ, यसका लागि स्मार्ट फुड बनिरहेको छ। तपाइको जरूरत माइक्रो चिप्सको मद्दतले थाहा पाउँछ र त्यसै अनुरुपको विशेष स्मार्ट भोजन तयार हुनेछ अब।

अमेरिकी कम्पनी साइलेंट, ब्रिटिश कंपनी ह्यूल तथा फ्रांसको कंपनी भाइटालीनले यसमा काम गरिरहेका छन्।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्