चाइनिज ताईपेईविरुद्ध नेपाल पहिलो हाफसम्म १–० ले अगाडि

फाइल तस्बिर

काठमाडौँ– विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल अहिले चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरिरहेकाे छ।

नेपाल पहिलो हाफको खेल सकिँदासम्म १–० ले अगाडि रहेको छ। नेपालले अञ्जन विष्टको गोलबाट तेस्रो मिनेटमा अग्रता लिएको हाे।

विज्ञापन

नेपाली टोलीको सुरुवाती–११ मा गोलरक्षकमा किरण चेम्जोङ, रक्षकतर्फ दिनेश राजबंशी, अनन्त तामाङ, सोमेन्द्र तामाङ र रजिन धिमाल छन्।

मिडफिल्ड सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट, विशाल राई र रवि पासवानले सम्हाल्ने छन्। विमल घर्तिमगर अग्रपंक्तिमा रहने छन्।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्