शिक्षक विवादले नगरपालिका अगाडि विद्यार्थीको प्रदर्शन, कुर्सी तोडफोड

वीरगञ्‍ज- शिक्षकको बिबादको बिषयलाई लिएर पर्साको बहुदरमाइ नगरपालिकाको कार्यालय अगाडि मंगलबार विद्यार्थीहरुले टायर बालेर प्रदर्शनपछि तोडफोड गरेका छन्।

बहुदरमाइ नगरपालिका वडा नम्बर ४ बहुअरी पडरीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले शिक्षकहरुबिचको विवादका कारण आफूहरुको पढाइ अवरुद्ध भएको भन्दै नगरपालिकाको कार्यालय अगाडि मंगलबार टायर बालेर प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेका हुन।

विज्ञापन

यसअघि सोमबारदेखि नै विद्यार्थीमा तालबन्दी गरेका विद्यार्थीहरुले मंगलबार विद्यालयका शिक्षक शिक्षकाहरुलाई विद्यालयमै थुनेर तालाबन्दी जारी राखेका छन्।

बिगत ४ महिनादेखि विद्यालयमा शिक्षक अभावका कारण अंग्रेजी र जनसंख्या बिषय पढाई नभएको भन्दै तत्काल शिक्षकको व्‍यवस्था गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरी नगरपालिकाको कार्यालय अगाडि टायर बाली तोडफोडमै उत्रिएका गरेका हुन।

विद्यार्थीहरुले तोडफोड गर्ने क्रममा नगरपालिकाको कार्यालयमा रहेको डिजिटल डिस्प्ले बोर्ड र केही कुर्सी तोडफोड गरी क्षति पुर्‍याएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताए।

उनले अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताउदै विद्यार्थीमै विद्यार्थी र नगरपालिकाबीच समस्यष सामाधानको लागि छलफल भईरहेको जानकारी दिए।

जिल्ला शिक्षा समन्वय समितिले सोमबार विद्यालयमा पठाएका जनसंख्या र अंग्रेजी बिषयका दुई जना शिक्षकहरु अजय यादव र देवकी केसीलाई विद्यालय प्रशासनले हाजिर हुन नदिएपछि विद्यार्थीहरु आक्रोशित भई आन्दोलनमा उत्रिएका हुन।

उनीहरुले नयाँ आएका शिक्षकहरुलाई विद्यालयमा हाजिर हुन दिई चार महिनादेखि ठप्प रहेको समाजिक र अंगेजी बिषयको अध्यन अध्यापन सुचारु गराउनुपर्ने माग राखेका छन्।

विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेपछि उत्पन्न भएको बिबादको क्रममा प्रहरीले अहस्तक्षेप गर्न खोज्दास्थिति तनावग्रस्त बनेको थियो।प्रहरीको हस्तक्षेप पछि झनै आक्रोशित भएका विद्यार्थीहरुले नगरपालिका कार्यालयको अगाडि जम्मा भएर टायर बाली बिरोध प्रदर्शन गर्नुका साथै ताडफोड समेत गरेका थिए।

स्थिति तनावग्रस्त हुने देखिएपछि अहिले विद्यार्थीमा नगरपालिका कार्यालय वरिपरि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

यसअघि विद्यालयमा अस्थायी रुपमा अंग्रेजी र जनसंख्या बिषय शिक्षक किरण यादव र बर्मा यादवले पढाउदै आएका थिए।तर हालै शिक्षा सेवा आयोगले लिएको परिक्षामा उनीहरु दुबै जना फेल भएपछि ४ महिना अघिदेखि ती दुवै बिषयको पढाई अवरुद्ध हुदै आएको थियो।

आयोगको परीक्षामा फेल भएका शिक्षकद्वय किरण र बर्माले आफूहरुको ठाउँमा आएका अजय यादव र देवकी केसिलाई विद्यालयमा पढाउन रोकेका थिए। पहिलेदेखि विद्यालयमा अध्यापन गराउदै आएका किरण यादव र बर्मा यादवले सरकारले आफूहरुको लागि उचित ब्यवस्था नगरे सम्म आफूहरुले कुनै पनि हालतमा विद्यालय नछाड्ने अडान लिदै आएको विद्यालयका प्रधानाध्यापक शुभाकर मिश्राले जानकारी दिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णा चापागाईले आफू विदामा बसेको र अहिले काठमाडैंमा रहेको बताउदै विद्यार्थीहरुको प्रदर्शनबारे जानकारी नभएको प्रतिक्रिया दिए।

यस्तै शिक्षा संयोजक बिदुर प्रसाद उप्रेतीले भने आफू बिरगञ्जमा रहेकोले विद्यार्थीहरुको प्रदर्शनको बारेमा आफूलाई पनि केही थाहा नभएको जानकारी गराए।

उनले बहुअरी को विद्यालयमा गएको ४ महिनादेखि २ वटा बिषयको अध्यापन नभएको स्विकार गर्दै विद्यार्थीहरुले पढन नपाएको आक्रोशमा प्रदर्शन गरेको बताए। उप्रेती शिक्षा समितिको बैठक बसेर यस बारे छलफल गरि चाडै निकास निकाल्ने आश्वासन दिए।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्