विश्वकप फुटबल छनोटमा नेपालको पहिलो जित, चाइनिज ताइपेई २-० गोलले पराजित

दुई गोल गरेका अन्जन विष्ट। फाइल तस्विर

काठमाडौँ– विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले  चाइनिज ताइपेईलाई २-० गोलले हराएको छ। चाइनिज ताइपेईको मैदानमा भएको खेलमा नेपालका अन्जन विष्टले दुवै गोल गरे।

तेस्रो मिनेटमा अन्जनले नेपाललाई अग्रता दिलाएका थिए। ६२ औँ मिनेटमा अन्जनकै गोलमा नेपालले अग्रता दोब्बर बनाएको थियो। पहिलो खेलमा नेपाल घरेलु टोली कुवेतसँग ७-० गोलले पराजित भएको थियो।

विज्ञापन

पाँच टोली रहेको समूह ‘बी’ मा नेपाल, कुवेत, चाइनिज ताइपेई र अस्ट्रेलिया छन्। होम एन्ड अवे आधारमा खेलेपछि समूहको शीर्ष दुई टोली विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणमा पुग्नेछन्। नेपालले तेस्रो खेल १० अक्टोबरमा अस्ट्रेलियासँग उसको मैदानमा खेल्ने छ।

 

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्