सरकारी अधिकारीको दाबी-प्रदेश ५ मा डेंगीको महामारी छैन

बुटवल।प्रदेश नम्बर ५ माडेंगी रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी अधिकारीहरुले दाबी गरेका छन्।

प्रदेश नं. ५ माडेंगीको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको र सयौं जना बिरामी भएर थला पर्दा पनि सरकारी पक्षले भने यसलाई सामान्य र बिगतका बर्षभन्दा कम प्रभाव रहेको भनेको छ।

रिपोर्टर्स क्लब प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रदेश ५ सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीले बाहिर हल्ला भएजस्तो भयावह अवस्था नरहेको दाबी गरे।

उनले रोग नियन्त्रणका लागि प्रदेश सरकार लागिपरेको जानकारी दिए।उनले सरकार लागिपरेको र यसमा सबैपक्ष जिम्मेबार बन्नुपर्ने भन्दै प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरिरहेको दाबी गरे।

प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. विनोद गिरीले अहिले भयावह रुपमाडेंगी फैलिन नपाएको बताए।उनले प्रदेश ५ मा १ सय २६ बिरामी भएको र ८७ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए।

डेंगीबाट बच्नका लागि पुरा बाहुला भएका कपडा लगाउनुपर्ने उनले सुझाव समेत दिए।दैनिक व्यवहार परिवर्तन गरेरडेंगीबाट जोगिन डा गिरीको सुझाब छ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खनालले अस्पतालमा अहिलेसम्म ६९ जनाडेंगीका बिरामी उपचारका लागि आएको बताए।यी मध्ये २३ जना बुटवलका र अरु बुटवल बाहिरका भएको डा खनालले जानकारी दिए।

उनले किट अभाव भयो भन्दै बजारमा हल्ला फैलिएको भन्दै भयावह अबस्था नरहेको बताए।९० प्रतिशतडेंगी आफै निको हुने र १० प्रतिशत हेरचाह, स्वस्थ खानपान र उपचारपछि ठीक हुने बताए।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरिले रुपन्देहीमा ९० मध्ये २० जनामात्रै उपचाररत रहेको र ७० जना घर फर्किसकेको बताए।उनले सचेतना जगाउने र खोज र नष्ट गर अभियान जारी राखिएको जानकारी दिए।

बुटवल उपमहानगरपालिकाको शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बुटवलमा ४० जना मात्रै बिरामी भेटिएको र अहिलेसम्म १ जनाको पनि मृत्यु नभएको दाबी गरे।उनले बुटवलका १९ वटै वडा, ३ सय २ टोल, ९५ वटा स्कुलमाडेंगीबारे सचेतना अभियान चलाइएको बताए।उनलेडेंगी नियन्त्रणका लागि फगिङ् गर्ने अवस्था नरहेको जानकारी दिए।

मर्सिसिटी अस्पतालका अध्यक्ष जनक कोइरालाले ३२ जना बिरामी आफ्नो अस्पतालमाडेंगीको उपचार गरेको बताए।अहिलेपनि १२ जना अस्पतालमै उपचाररत रहेको जानकारी दिए।

बुटवल हस्पिटल प्रालिका निर्देशक मुक्तिराज पौडेलले सरकारी बेवास्ताकै कारण दैनिक बिरामीको संख्या बढ्दै गएको बताए।
उनले बुटवल अस्पतालमा ६४ जना बिरामीको उपचार भएको बताए।उनलेडेंगीको प्रभाव सकिएपछि मात्रै सरकार जाग्ने गरेको भन्दै आफुहरुले नीजि अस्पतालमा गरेको उपचारको सरकारी पक्षले वेवास्ता गर्ने गरेको गुनासो गरे।

चौराह हस्पिटलमाडेंगीको निःशुल्क परीक्षण
बुटवल कालिकानगरको चौराह हस्पिटल प्रालिलेडेंगीका विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने भएको छ।सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले बुधबारदेखिडेंगीको लक्षण देखिएका विरामीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको हो।

आर्थिक अभावमाडेंगी परीक्षण गराउन गरीब तथा विपन्न वर्गका विरामीहरु बन्चित हुन नपरोस् भनेर निशुल्कडेंगी परीक्षण कार्यक्रम ल्याइएको अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले बताए।

गरीब तथा विपन्न वर्गलाई लक्षित गरी ल्याइएको यो कार्यक्रममा डेंगी परीक्षणका लागि कुनै निवेदन र सिफारिस नचाहिने अध्यक्ष ज्ञवालीले स्पष्ट पारे। एक जनाकोडेंगी परीक्षणका लागि इमर्जेन्सीको टिकट शुल्क तीन सय ५० रुपैयांसमेत गरी एक हजार ८ सय ५० रुपैयां निःशुल्क गरिएको ज्ञवालीले बताए।

अस्पतालले एक हजार जनासम्मलाई निःशुल्क परीक्षण गर्ने गरी आवश्यक किट व्यवस्थापन र तयारी गरेको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले जानकारी दिए।

हालसम्म अस्पतालमा ३ सय ४० जनाले ज्वरो परीक्षण गराएकामा ३४ जनामाडेंगी भेटिएको अस्पतालका डाक्टर विवेक मल्लले बताए।२०६९ सालमा स्थापना भएको अस्पताल विगत ६ महिनादेखि नयाँ व्यवस्थापनमा सञ्चालन भइरहेको छ।अस्पताललाई अन्य सेवा सहित ट्रमा सेन्टरको रुपमा विकास गर्ने तयारी भइरहेको छ।

पत्रकार सम्मेलनमा पक्लिहवा कृषि क्याम्पसका निर्देशक डा.कृष्ण काफ्ले र भेटेनरी एशोसिएसन प्रदेश ५ का अध्यक्ष डा. विरेन्द्र कुमार श्रेष्ठलेडेंगी लगायतका संक्रमणजन्य रोगहरु नियन्त्रणका लागि भेटेनरी शिक्षण अस्पतालको सहयोगमा वान हेल्थ कन्सेप्ट अनुसार काम गर्न सकिने बताए।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्