रुखले च्यापिएर स्कुलबाट फर्कँदै गरेका बालककाे मृत्यु

साङ्केतिक तस्बिर

दाङ– दाङमा रुखले च्यापेर एक जना बालकको मृत्यु भएको छ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ६ सेतिटोलास्थित खमारी च्युरीडाँडा प्राथमिक विद्यालयबाट घर फर्कँदै गरेका हरिप्रसाद खत्रीका १० वर्षीय छोरा सुजन खत्रीको एक्कासि रुख ढलेर च्याप्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

विज्ञापन

घटनामा परी ९ वर्षीय तिलक खत्री घाइते भएका छन्। उनको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्