नागपुर पुलिसले लेख्यो भारतीय चन्द्रयानलाई पत्र

पुलिस शब्द सुनने बित्तिकै सामान्य बेलामा तपाईँ हाम्रो निधार खुम्चिन्छ। यसको कारण शायद पुलिसले सामान्यजनसँग गर्ने व्यवहार  नै होला। पुलिसले शिष्टता र सामान्य सदाचार जानेकै हुन्न भन्ने होइन, उनीहरु पनि मानिस नै हुन्, तर शायद वर्दीको रोब देखाउने सनातन परम्परापालनले होला, पुलिसकर्मी सामान्यजनसँग सामान्य शिष्टाचारजन्य व्यवहार गर्दैनन्।

भारतको महाराष्ट्र राज्यको नागपुर जिल्लाको पुलिस भने अलिक बेग्लै ढंगले काम गर्छ। यहाँको पुलिस विभागले ‘नागपुर सिटी पुलिस’को नामले ट्विटर  अकाउन्ट सञ्चालन गरेको  छ। यस अकाउन्ट मार्फ़त जिल्ला पुलिसले आफ्ना गतिविधिको जानकारी  दिनुका साथै रमाइलो पाराले जनसंवाद पनि गर्ने गरेको छ।

विज्ञापन

७ सेप्टेम्बरमा चंद्रयान ल्याण्डर विक्रमको  ‘सॉफ्ट ल्यान्डिङ’  असफल रहेकोमा नागपुर पुलिसले आफ्नो तरफबाट  देशवासीमा व्याप्त रहेको निराशा हटाउन रोचक शैलीमा ट्वीट गरेको छ।

‘प्रिय विक्रम।

कृपया जवाफ देऊ।

हामी सिग्नल तोडेकोमा तपाईँको ‘चलान’ काट्दैनौँ।’

 

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्