नेइमार चाँडो बाहिरिउन् भन्ने चाहन्छन् पिएसजीका स्पोर्टिङ्ग डाइरेक्टर

पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्पोर्टिङ्ग डाइरेक्टरले नेइमार चाँडो भन्दा चाँडो क्लबबाट बाहिरिउन् भन्ने चाहेको बताइएको छ । पिएसजीका स्पोर्टिङ्ग डाइरेक्टर लियोनार्डोले नेइमार आउँदो जनवरीमा क्लबबाट जाउन् भन्ने चाहेको खबरमा उल्लेख गरिएको छ ।

प्रशिक्षक थोमस टुसिलले नेइमार क्लबमै रहुन् भन्ने चाहे पनि लियोनार्डो त्यसको विपक्षमा रहेको उल्लेख छ । नेइमारको भविष्य तथा बहिर्गमनका सम्बन्धमा भइरहेको चर्चाले लियोनार्डो आजित भएको र आउँदो जनवरीमा उनी जाउन् भन्ने इच्छा उनको रहेको बताइएको छ ।

विज्ञापन

नेइमार पिएसजी छोड्न चाहन्छन् । उनी आफ्नो पुरानो क्लब बार्सिलोना फर्किने मनसायमा छन् । यो समरमा प्रयासका बाबजुद पनि बार्सिलोना र पिएसजीबिच सहमति हुन सकेन । नेइमार अब यो सिजन पिएसजी मै रहन तयार भएका छन् । उनमा रियल मड्रिडले पनि चासो देखाएको छ ।

पिएसजीका स्पोर्टिङ्ग डाइरेक्टर लियोनार्डो

नेइमार पूरै सिजन पिएसजीमै रहेर आउँदो समरमा मात्रै जाने मनसायमा रहे पनि लियोनार्डो भने आउँदो जनवरी विण्डोमा मै नेइमार बाहिरिउन् भन्ने चाहन्छन् ।

यस्तै नेइमारका पिता नेइमार सिनियरले बार्सिलोनासँगको वार्ता अन्त्य नभएको बताएका छन् । यसको अर्थ नेइमारको बार्सिलोना फर्किने सम्भावना कायम छ । नेइमार सन् २०१७ मा विश्व कीर्तिमानी मूल्यमा पिएसजी आएका हुन् ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू