पोखरीमा शव फेला

सांकेतिक तस्बिर ।

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा रहेको पोखरीमा एक पुरुषको शव फेला परेको छ । वीरगञ्ज १६ नगवामा रहेको नगवा पोखरी भित्र नामथर नखुलेको पुरुषको शव फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

तराई मुलको जस्तो देखिने अन्दाजी ४०/४५ वर्षको पुरुषको शव पोखरीभित्रै फेला परेको हो । शव पोष्टमार्टमको लागी नारायणी अस्पतालमा पठार्ईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विज्ञापन

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्