प्रधानमन्त्री ओलीले त्रिवि अस्पतालमा स्वास्थ्य परीक्षण गराए

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य जाँच गरेका छन् । प्रधानमन्त्री ओली बुधबार बिहान मुटु सम्बन्धी उपचार हुने त्रिवि शिक्षण अस्पताल परिशरमा रहेको मनमोहन कार्डियोथोरासिस तथा ट्रान्सप्लान्ट सेन्टरमा परीक्षणका लागि गएका थिए ।

मुटुरोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार सिगापुरमा प्लाज्मा फेरेसिस गर्दा ओलीको मुटुमा राखिएको क्याथेटर चिकित्सकले निकालेका छन् ।

विज्ञापन

गएको वर्ष उनी सोही सेन्टरमा भर्ना भएर मुटुको उपचार गराएका थिए । प्रधानमन्त्री ओली फलोअप उपचारका लागि गएको बताइएको छ । उनी हालै सिंगापुरमा उपचार गराएर फर्किएका हुन् ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्