मेस्सी बिनाको अर्जेन्टिनाको शानदार जित, नेइमारसहितको ब्राजिल पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले शानदार जित दर्ता गरेको छ । अर्जेन्टिनाले मेक्सिकोलाई ४–० ले पराजित गरेको हो । अर्जेन्टिनाले चारै गोल पहिलो हाफमा गरेको हो । उसका लागि लुतारो मार्तिनेजले ह्याट्रिक गरे ।

यस्तै लियोनार्डो पारेडेसले एक गोल गरे । लुतारोले १७, २२ र ३९ मिनटमा गोल गरेका हुन् । यस्तै लियानार्डोले ३३ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । यो खेलमा लियोनल मेस्सी टिममा थिएनन् । बुधबार बिहान नै भएको अर्को खेलमा ब्राजिल पराजित भयो ।

विज्ञापन

पेरुले ब्राजिललाई १–० ले पराजित गरेको हो । पेरुको जितमा ८५ औँ मिनेटमा लुइस अब्राहमले गोल गरेका हुन् । यो खेलमा नेइमार पनि थिए तर उनले गोल गर्न सकेनन् ।

अरु खेलमा होण्डुरसले चिलेलाई २–१ तथा इक्वेडरले बोलिभियालाई ३–० ले हरायो । यस्तै अमेरिका र उरुग्वेले १–१ तथा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू