बलात्कारको आरोपमा इन्जिनियर पक्राउ

फाइल फोटो

धनगढी – बलात्कारको आरोपमा प्रहरीले बैतडीमा इन्जिनियरलाई पक्राउ गरिएको छ ।  बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिकाका २७ वर्षीय इन्जिनियर रोशन चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले स्थानीय १७ वर्षीय किशोरीलाई जवर्जस्तीकरणीको आरोपमा इन्जिनियरलाई पक्राउ गरिएको हो ।

विज्ञापन

किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको चन्दले बताए । किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुँदा अनुसन्धानको लागि उनलाई पनि डडेल्धुरा पठाउने तयारी भएको प्रहरी निरीक्षक चन्दले बताए । सब इन्जिनियर पढ्दै गरेकी ति किशोरी मेलौली नगरपालिकामा प्रशिक्षार्थी भएर गएकी थिइन् ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्